भैरहवा– सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले देशमा आर्थिक अपराध बढेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले वर्तमान सरकारको अगाडि सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नियन्त्रण गर्नु रहेको बताए ।
उनले भने, ‘पुँजीवादी तत्वहरुले नेकपा नेतृत्वको सरकारलाई सहज रुपमा स्वीकारेका छैनन् । उनीहरुले विभिन्न आर्थिक प्रभोलनमा पारेर सरकारी मान्छे, सरकारका प्रतिनिधिलाई फसाउन चाहन्छन् । यसबाट सरकार, सरकारका प्रतिनिधि बच्नुपर्छ । सिंंगो पार्टी पनि भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नुपर्छ।’
नेता पोखरेलले पुँजीवादीहरुले निर्वाचनलाई पनि महँगो बनाएको आरोप लगाए । उनले आर्थिक अपराध बढ्दै गएको भन्दै तत्काल नियन्त्रण गर्न राज्यले एउटा संयन्त्र बनाउनु जरुरी रहेको बताए ।