काठमाडौं– भारतका चर्चित टिभी कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ। आजतकका अनुसार उनको मृत्यु हृदयघातका कारण भएको हो।
राति औषधि खाएर सुतेका शुक्ला बिहान नउठेको नवभारत टाइम्सले लेखेको छ। तर, उनले सुत्नुहघि कस्तो औषधि खाएका थिए भन्ने खुलेको छैन।
उनको शव अहिले पोस्टमर्टमका लागि मुम्बईको कपुर अस्पतालमा राखिएको छ। अस्पतालले मृत्युको कारण हृदयघात भएको पुष्टि गरिसकेको छ। ४० वर्षीय शुक्ला ‘बिग बोस’का विजेता पनि हुन्। उनले एउटा फिल्ममा पनि काम गरेका थिए।