बाँके- इलाका प्रहरी कार्यालय कोहलपुरमा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परि एक दर्जनभन्दा धेरै स्थानीय घाइते भएका छन् ।
विद्यार्थीलाई ठक्कर दिने चालकलाई संरक्षण गरेको भन्दै स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका थिए। आक्रोशित विद्यार्थी, स्थानीय बजारवासीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।
आक्रोशित स्थानीयमाथि प्रहरी लाठी चार्ज गरेको छ भने स्थिति नियन्त्रणमा लिन केहि राउन्ड हवाइ फायर गरेको छ ।