बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लगानीकर्ताको विवरण बुझाउन धितोपत्र बोर्डको निर्देशन, बजार घट्नसक्ने

लगानीकर्ताको विवरण बुझाउन धितोपत्र बोर्डको निर्देशन, बजार घट्नसक्ने

 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं । केही महिनादेखि लगातार रुपमा ओरालो लागेको सेयर बजार झन् ओरालो लााग्ने देखिएको छ । नेपाल धितोपत्र बोर्डले ब्रोकरलाई लगानीकर्ताको कारोबारको विवरण बुझाउनको लागि निर्देशन दिएपछि लगानीकर्ताहरु थप सशंकित भएका छन् ।

triton college

ब्रोकरमार्फत् आफ्ना सम्पूर्ण सम्पत्तिको विवरण बोर्डमा जाने र बोर्डले गोपनियता भंग गर्न सक्ने भन्दै उनीहरु संशकित भएका हुन् । उनीहरुले अब दोस्रो बजारमा थप लगानी गर्नसक्ने वातावरण नभएको बताइरहेका छन् ।

दोस्रो बजारमा कालो धनको प्रयोगबारे धेरै चर्चा हुने गरेको आशंका सरकारले गरिरहेको छ । गत बिहीबार बोर्डले धितोपत्र ब्रोकरलाई निर्देशन जारी गरी दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको सम्पूर्ण आर्थिक विवरण बुझाउन निर्देशन दिएको हो ।

बोर्डले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार सम्पूर्ण लगानीकर्ताको विवरण राख्नुपर्ने भएकोले ब्रोकर कार्यालयहरुलाई विवरण पेश गर्नका लागि पत्र काटेको हो । त्यस्तै बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यविधिको प्रतिलिपि ७ दिनभित्र बोर्डमा बुझाउन पनि निर्देशन दिएको छ ।

पछिल्लो समयमा सम्पत्ति शुद्धीकरण ऐनको कार्यान्वयनका लागि सरकार लागेकोले सोही अनुरुप धितोपत्र बोर्डले यस्तो निर्देशन जारी गरेको हो । बोर्डले यसअघि १० लाख भन्दा बढीको कारोबार गर्ने लगानीकर्ताको विवरण बुझाउनुपर्ने व्यवस्थाका लागि निर्देशन दिएको थियो ।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 07, 2019| 09:59 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्