शनिबार, वैशाख ८, २०८१

आठ एसपीको सरुवा, को कहाँ ?

 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ । ट्राफिक प्रहरी महाशाखाका एसपी रवि पौडेललाई काभ्रे पठाइएको छ ।

triton college

स्याङ्जाका एसपी राजकुमार लम्साल हेडक्वार्टर तानिएका छन् भने प्रहरी मुख्यालयको कानुन शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा पठाइएको को छ । धादिङका एसपी राजकुमार बैदवारलाई पुलिस एकेडेमीमा ल्याई एकेडेमीका एसपी रविन्द्र रेग्मीलाई धादिङ सरुवा गरिएको छ ।

त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानुन शाखामा सरुवा गर्दै विश्वमणि पोखरेललाई सर्लाही पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२१ डिएसपीको काज सरुवा

प्रहरी प्रधान कार्यालयले २१ जना डीएसपीको काज सरुवा गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् ।

corrent noodles
Metro Mart

त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र थानकोटमा घनश्याम श्रेष्ठको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ भने डिएसपी रुपेश खड्काले ओखलढुंगाको प्रहरी प्रमुखको अवसर पाएका छन् । त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराई पुगेका छन्।

कास्कीको वडा प्रहरी कार्यालय बैदाममा यादव ढकालको सरुवा भएको छ भने ईलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीमा अर्जुन रानाभाट गएका छन् ।

प्रहरी मुख्यालयको केन्द्रीय समाचार कक्षमा कार्यरत शरतकुमार थापा क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय लहानको जिम्मेवारी दिइएको छ । लहानमा कार्यरत डीएसपी भेषराज रिजाल गोरखा पुगेका छन् ।

प्रकाशित: Dec 07, 2019| 09:31 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।