मंगलबार, वैशाख ११, २०८१

विवेकशील नेपाली दलले २०७९ को निर्वाचनको तयारी थाल्ने

 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं– सङ्घीय, प्रादेशिक तथा स्थानीय तहमा हालै सम्पन्न भएको उपनिर्वाचनलाई विभिन्न प्रतिस्पर्धी राजनीतिक दलहरूको विचार, योजना, सङ्गठनको बारेमा जनमत परीक्षण गर्ने अवसरको रूपमा लिइएको विवेकशील नेपाली दलले जनाएको छ । उपनिर्वाचनमा जनताले दिएको जनादेशलाई प्रस्ट रूपमा सुनेको र त्यसलाई विनम्रतापूर्वक स्वीकार गरेको विवेकशील नेपालीले विज्ञप्ति जारी गरेर जनाएको छ ।

triton college

विवेकशील नेपालीले निर्वाचन परिणाम आएलगत्तै समीक्षा बैठक डाकेको थियो। समीक्षा बैठकले सम्पूर्ण सदस्यहरूको रायसहित समीक्षा पत्र मङ्सिरको अन्त्यसम्ममा सार्वजनिक गर्ने बताइएको छ।

‘एक राजनीतिक सङ्गठनको हैसियतमा विवेकशील नेपाली दलले आफ्नो समग्र चुनावी अभियान, राजनीतिक दर्शन, नीति, सङ्गठनको बारेमा सुविचारित ढङ्गबाट समीक्षा गर्दैछ। सुसंस्कृत राजनीतिलाई अगाडि बढाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई हामीले धैर्यपूर्वक जिम्मेवारी वहन गर्नुपर्ने छ र त्यसको लागि हामी झन् खारिएर आम नागरिक सामु प्रस्तुत हुनेछौँ,’ विज्ञप्तिमा भनिएको छ।

भर्खरै सम्पन्न उपनिर्वाचनको समीक्षासँगै २०७९ को निर्वाचनको तयारी थाल्ने निर्णय गरेको पार्टीले जनाएको छ । साथै, यसै वर्ष सङ्गठनको सम्पूर्ण प्रादेशिक सम्मेलन गर्दै अझ चुस्त सङ्गठन सहित अघि बढ्ने बताएको छ।

प्रकाशित: Dec 07, 2019| 09:23 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।