शुक्रबार, वैशाख ७, २०८१

केन्द्र विवादले तिलागुफामा तीन दिनदेखि आन्दोलन

कालिकोटको तिलागुफा नगरपालिकाको केन्द्र परिवर्तनको विषयलाई लिएर स्थानीयले थालेको आन्दोलन तीन दिनदेखि जारी छ।
 |  शुक्रबार, मंसिर २०, २०७६

देव राना

देव राना

शुक्रबार, मंसिर २०, २०७६

सुर्खेत - कालिकोटको तिलागुफा नगरपालिकाको केन्द्र परिवर्तनको विषयलाई लिएर स्थानीयले थालेको आन्दोलन तीन दिनदेखि जारी छ।

triton college

मंसिर १६ गतेको कार्यपालिका बैठकले पालिकाको केन्द्र वडा नम्बर ६ को गाल्जेबजारबाट वडा नम्बर ९ हुस्केमा सार्ने निर्णय गरेपछि स्थानीयले आन्दोलन सुरु गरेका हुन्।

केन्द्र परिवर्तन गरिएको विषयमा वडा नम्बर ६ जुविथाका स्थानीयले आन्दोलन सुरु गरेका हुन्। आन्दोलनले उग्ररुप लिन थालेपछि गाल्जेबजारमा प्रहरी परिचालन गरिएको छ।

आन्दोलनकारीले प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र संविधानसभा सदस्य नवराज कोइरालाको पुत्ला पनि जलाएका छन्। रावल र कोइरालाकै कारण गाल्जेबजारबाट केन्द्र परिवर्तन गरिको स्थानीयको आरोप छ।

नगरपालिकाले भने सबैलाई पायक पर्ने र भौतिक पूर्वाधारले सम्पन्न भएका कारण केन्द्र परिवर्तन गरिएको दाबी गरेको छ। वडा नम्बर ४ का वडाध्यक्ष खड्कराज शाहीका अनुसार साविकको चिल्खाया गाविस बसेको स्थान पालिकाको केन्द्र र भौतिक पूर्वाधारले सुविधायुक्त भएका कारण पालिकाको केन्द्र सार्नुपरेको हो।

corrent noodles
Metro Mart

‘गाल्जेमा सरकारी जग्गासमेत थिएन, जसले गर्दा ३१ महिनासम्म हामीले भौतिक संरचना निर्माण गर्न सकेनौं’, वडाध्यक्ष शाहीले भने, ‘भौतिक संरचना अभाव हँुदा सेवा प्रवाहमा समेत समस्या भयो, हामीले राजनीतिक अस्थाका आधारमा नभई नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले केन्द्र परिवर्तन गरेका हौं ।’

पालिकाका ५७ सदस्यमध्ये ३७ जनाले केन्द्र परिवर्तनको पक्षमा र १० जनाले विपक्षमा मतदान गरेका थिए । मेयर उप–मेयरलगायत बाँकी सदस्यहरुले भने मतदानमा भाग लिएका थिएनन्।

नगरपालिकाले ३१ महिनापछि नगरपालिकाको स्थायी केन्द्रको टुँगो लगाएको छ। तर पालिकाको निर्णय कार्यान्वयन हुन नपाउँदै मंसिर १७ गतेदेखि स्थानीयले आन्दोलन सुरु गरेका छन्।

स्थानीयको आन्दोलनका कारण सेवा प्रभाव ठप्प भएको छ।

‘स्थायी केन्द्र तोक्नु गम्भीर विषय हो । स्थानीयले आन्दोलन गरेका छन्, जसले गर्दा सेवा प्रवाह गर्न सकिने अवस्था छैन’, तिलागुफाका प्रशासकीय अधिकृत उद्धव रिजाल भन्छिन्, ‘जिल्लामा काम थियो, केही दिनदेखि मान्मा बसेको छु ।’

 

प्रकाशित: Dec 06, 2019| 10:21 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।