काठमाडौं– १३ औं सागअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई एक सय ६४ रनको लक्ष्य दिएको छ।
अलराउन्डर करन केसीले आक्रामक ब्याटिङ गरेपछि नेपालले माल्दिभ्ससामु ७ विकेट गुमाएर १६३ रन जोडेको हो ।
करनले १६ बलमा ४० रन जोडेका अन्तिम ओभरमा २४ रन जोडेका थिए। यस्तै, नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३९, पारस खड्काले ११, ज्ञानेन्द्र मल्लले १९, आरिफ शेखले १७ रन जोडे।
माल्दिभ्सका एल साफिगले सर्वाधिक तीन विकेट लिए। यस्तै, अमिल मौरुपले दुई र उमर आदम तथा मोहम्मद मौरुपले समान एक विकेट लिए।
माल्दिभ्सले १६४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।
नेपालले फाइनल प्रवेशका लागि कम्तिमा माल्दिभ्सविरुद्धको जित आवश्यक छ।