बुधबार, वैशाख १२, २०८१

सीमा विवाद अन्तर्राष्ट्रियकरण हुँदैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण हुन नसक्ने स्पष्ट पारेका छन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

धनगढी- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण हुन नसक्ने स्पष्ट पारेका छन्।

triton college

प्रचण्डले यो विवाद कुटनीतिक र राजनीतिक पहलबाट समाधान गरिने भन्दै तत्काल अन्तर्राष्ट्रियकरण नहुने बताए।

सुदूरपश्चिम प्रदेशले आयोजना गरेको वित्तीय सम्मेलनमा सहभागी हुन धनगढी पुगेका प्रचण्डले सीमा विवाद समाधानका लागि राजनीतिक र कुटनीतिक पहल भइरहेकै बेला अन्तर्राष्ट्रियकरण गर्न नहुने बताए।

उनले अहिलेनै अन्तर्राष्ट्रियकरण गरे सीमा विवादको मुद्दा झन पेचिलो बन्ने हुँदा हाललाई राजनीतिक तथा कुटनीतिक पहल जरुरी रहेको बताए।

नेपाल सरकारले भारतलाई पत्र पठाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई विशेष दूतका रुपमा भारत पठाउन लागेको बताए। तर नेता नेपालको भ्रमणबारे भारत स्पष्ट नहुँदा भ्रमणको मिति टुंगो नलागेको प्रचण्डको भनाइ छ।

corrent noodles
Metro Mart

अर्को प्रसंगमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाकै कारण आफूले चीन भ्रमण स्थगित गरेको स्पष्ट पारे। प्रधानमन्त्री अस्पतालमा हुँदा भ्रमणमा जान उपयुक्त नलागेपछि भ्रमण स्थगित गरेको दाहालको भनाइ हो।

स्थानीय तहमा भ्रस्टाचार बढ्यो भन्ने सञ्चाकर्मीको प्रस्नमा अध्यक्ष दाहालले सबै ठाउँमा भ्रस्टाचारनै नभएको दाबी गरे। केही ठाउँमा भ्रस्टाचार भए पनि त्यसलाई नियन्त्रण गर्ने सबैको दायित्व हुने उनको भनाइ थियो।

बिगतको तुलनामा विकासले कोल्टे फेरेको दाबी गर्दै प्रचण्डले यस्ता कुरामा कसैको ध्यान नगएको भन्दै दुःख व्यक्त गरे। जनताको अधिकारसहितको व्यवस्था ल्याएर विकास निर्माणमा होमिएको बर्तमान सरकार प्रतिक्रियावादी तत्वहरु व्यवस्थानै फेर्न गलत प्रचार गरिरहेकाले सचेत रहन आग्रह गरे।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आर्थिक विकासबिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने भएकाले बन्द भएका तथा रुग्ण उद्योग पुनः सञ्चालनमा सरकार लागिपरेको बताएका छन्।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला कैलाली पुगेका मन्त्री भट्टले स्थानीय तहले ग्रामीण उद्योगको लागि जति छिटो डीपीआर तयार पारेर केन्द्रीय सरकारलाई पठाए त्यति नै छिटो कार्यान्वयनमा अगाडि बढ्ने बताए।

प्रकाशित: Dec 05, 2019| 10:03 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।