शुक्रबार, वैशाख ७, २०८१

पुरानो साइकल र मागेको पोशाकले दिलायो स्वर्ण

कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुसीको सीमा रहेन, यसले नयाँ इतिहास समेत रचना गर्‍यो।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं - कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुसीको सीमा रहेन, यसले नयाँ इतिहास समेत रचना गर्‍यो। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकूद(साग)मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदकसमेत प्राप्त भयो।

triton college

भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो। सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनुपरेको थियो। घरेलु मैदानमा भएको प्रतियोगितामा ट्रायथोलनमा महिलातर्फ सोनी गुरुङ र पुरुषतर्फ टमाटा स्वर्ण पदक हासिल गर्न सफल भए।

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ। उनले दुई वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्ण पदकको सपना देख्न सुरु गरेका थिए। नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। राष्ट्रिय खेलकूदमा उनले डुआथोलन र माउन्टेन बाइकक्रस कन्ट्री दुवै खेलमा सहभागिता जनाएका थिए। एक दिनको अन्तरमा भएका दुवै प्रतियोगितामा उनले राम्रो गर्न सकेनन्। सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उनलाई पराजित गरेका थिए।

राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्नलगत्तै टमाटा डुआथोलनमा मात्र केन्द्रित हुने निर्णयमा पुगेका थिए। उनी सागमा स्वर्ण जित्ने लक्ष्यसहित हरेक दिन अभ्यासमा व्यस्त हुन थाले। “राष्ट्रिय खेलकूदपछि एउटा मात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुछ भन्ने मलाई लाग्यो। त्यस बेलादेखि नै डुआथोलनमा स्वर्ण हासिल गरेरै छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ।”, टमाटाले भने।

सागमा स्वर्ण हासिल गरेलगत्तै उनले हरेक चार वर्षमा आयोजना हुने एसियाली खेलकूद (एसियाड)मा पदक जित्ने सपना देख्न सुरु गरिसकेका छन्। चीनमा सन् २०२२ मा तय भएको सो प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने उनको धोको छ। उनी भन्नछन्, “कठिन अवस्थामा समेत म कहिल्यै हतास र निराश हुन्न। मानिसले लक्ष्य ठूलो राख्नुपर्छ। लक्ष्यअनुसारको मेहनत र परिश्रम गर्‍यो भने असम्भव केही पनि छैन। अब देशलाई एसियन गेममा पदक हासिल गराउने मेरो सपना छ।”

सागको तयारीका क्रममा समेत उनले धेरै चुनौतीको सामना गर्नुपर्‍यो। उनलाई अभ्यासका क्रममा नयाँ साइकल आउने भनिएको थियो। प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन। राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएका अन्य स्पर्धीसँग उनी सन् २०१४ मोडलको पुरानै साइकल लिएर स्पर्धामा होमिन विवश भए। त्यतिमात्र होइन खेलमा लगाउने पोशाकसमेत उनले समयमै पाएनन्। प्रतियोगिताको एकदुई दिनअघि आएको पोशाक उनको शरीरमा मिलेन। “साथीको मागेर खेलमा भाग लिएँ। हाम्रो साइकल पाँच/छ वर्ष पुरानो आल्मुनियमको हो। कार्बनको राम्रो साइकल भएकाहरुसँग स्पर्धा गर्न कठिन भए पनि आत्मबलकै कारणले जित हासिल भयो”, उनले भने।

उनी १४/१५ वर्षको उमेरदेखि नै खेलकूदमा आकर्षित भएका थिए। दौड र कराँतेमा उनको विशेष लगाव रहेको थियो। विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगितामा पाँच र १० किमी दौडमा उनी सहभागिता जनाउने गर्दथे। नेपाली सेनामा भर्ती भएपछि उनलाई खेल्ने वातावरण अझै अनुकूल बन्यो। नेपाली सेनाका मेजर राजीव चन्दले उनलाई अघि बढ्न सधैँ प्रेरित गरिरहे।

सुरुमा साइकल राम्रोसँग डोर्‍याउनसमेत नजान्ने उनलाई चन्दले नै साइकल चलाउन सिकाए। “मैले जुन सफलता पाएको छु, त्यसमा मेजर राजीव चन्दको ठूलो योगदान छ। उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो। खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो,” उनले भने।

corrent noodles
Metro Mart

आफू एसियाडको तयारीमा जुट्ने जानकारी दिँदै उनले खेलाडीलाई सहयोग गर्न सरकारसमक्ष माग गरे। नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवार टमाटा क्षमतावान् खेलाडी भएको बताउँछन्। उनी भन्छन्, “राष्ट्रिय खेलकूद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाइ भयो। हाम्रा खेलाडी अभावका बीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए।” रासस

प्रकाशित: Dec 05, 2019| 08:24 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।