काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) क्रिकेटअन्तर्गत भुटानविरुद्धको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन्।
उनले २६ बलमा अर्धशतक पूरा गरेका हुन्।
१५ ओभरको खेल सकिँदा नेपालले दुई विकेटको क्षतिमा १८४ रन जोडेको छ। कप्तान मल्ल ९२ रनमा अविजित छन्। उनले ४५ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका छन्। उपकप्तान दीपेन्द्रसिंह ऐरी १३ रनमा खेलिरहेका छन्।
नेपालका लागि पारस खड्का ५७ रनको योगदान दिँदा रोहित पौडेलले ६ रन मात्रै बनाउन सके।
भुटानका लागि के दोर्जीले दुई विकेट लिए।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ।