भैरहवा- उपनिर्वाचन अन्तरगत दाङ– ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी खत्री (वली) ले सपथ ग्रहण गरेकी छन्।
बुटवलस्थित प्रदेशसभामा बुधबार आयोजित एक समहारोहका बीच सभामुख पूर्णबहादुर घर्तीले वलीलाई शपथ गराएका हुन्।
प्रदेशसभा सदस्य उत्तर कुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको थियो।
नेकपाले सो निर्वाचन क्षेत्रमा उत्तर वलीकै पत्नी विमलालाई उम्मेदवार उठाएको थियो। वलीले २४ हजार बढी मत सहित निर्वाचन जितेकी हुन्।
पतिकै रिक्त पदमा संसद प्रवेश गरेकी वलीले जनताको पक्षमा काम गर्ने बताइन्।
‘श्रीमान् उत्तर वलीका सपनाहरु र मेरो निर्वाचन क्षेत्रका जनताहरुका आकांक्षाहरु पूरा गर्न लाग्नेछु, उनले भनिन्। समग्र प्रदेशकै विकासका लागि आफ्नो भूमिका संसदमा रहने उनले बताईन्।