शुक्रबार, वैशाख ७, २०८१

निलम्बित डिएसपी ढुंगेलविरुद्ध पक्राउ पूर्जी

डकैतीमा संलग्न अभियुक्तसँग बारम्बार फोन गरेको देखिएपछि निलम्वनमा परेका नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं – डकैतीमा संलग्न अभियुक्तसँग बारम्बार फोन गरेको देखिएपछि निलम्वनमा परेका नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

triton college

जिल्ला अदालत काठमाडौंले ढुंगेलविरुद्ध मंसिर ९ गते नै पक्राउ पूर्जी जारी गरेको खुलेको छ। काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको पुष्टि गरे।

अपराध अनुसन्धान महाशाखाका अधिकृतले २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएको सार्वजनिक गरेपछि बैशाख २० गते प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो।

प्रहरी स्रोतका अनुसार ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गर्ने प्रस्ताव सुरुमा बदर भएपनि फेरि सदर भएको थियो। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका इन्चार्ज डिएसपी सन्तोषसिंह राठौरले पक्राउ पूर्जी आएको बताए। ‘हामीहरु यतिबेला सागको सुरक्षामा बढी केन्द्रित छौँ’ राठौरले भने,‘मुद्दा अनुसन्धानकै क्रममा भएकाले बाँकी जानकारी अनुसन्धान अधिकृतलाई नै होला।’

डिएसपी ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिसकेको छ।

प्रकाशित: Dec 04, 2019| 12:08 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।