काठमाडौं - नक्कली बिल भरपाई पेश गरी ८१ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा एक नर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा कार्यरत पव्लिक हेल्थ नर्सिङ छैठौं की कल्पना पौडेलविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
पौडेलले परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र पुर्याउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरेको भन्ने फर्जी भरपाई गरि रकम हिनामिना गरेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले जनाएको छ।
पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेको भन्दै अख्तियारले पौडेललाई ८१ हजार विगो मागदाबी गरेको छ।