शनिबार, वैशाख ८, २०८१

बलि निरुत्साहित गर्ने पक्षमा प्रदेश सरकार

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

जनकपुरधाम । बाराको गढीमाईमा मंगलबार विशेष पूजाका साथ पशु बलि सुरु भएको छ । भाकल गरेका नेपाल तथा भारतका हजारौं श्रद्धालु बलिका लागि गढीमाई पुगेका छन् ।

triton college

गढीमाईमा दिइने पशु बलिबारे बहस पनि जारी छ । कतिपयले धर्म संस्कृतिसँग जोडिएको हुनाले बलि प्रथाले निरन्तरता पाउनुपर्ने बताइरहेका छन् भने पशु अधिकारको वकालत गर्नेहरु यसको विरोधमा छन् । मानव अधिकारझैं पशु अधिकारको पनि संरक्षण हुनुपर्ने अधिकारकर्मीहरुको तर्क छ ।

यसैबीच प्रदेश २ सरकारले समेत बलि प्रथा निरुत्साहित गर्नुपर्ने धारणा राखेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरेर बलि प्रथा निरुत्साहित गर्न सार्वजनिक अपिल गरेको छ । गढीमाई मेलामा दिइने पशुबलिलाई समेत निरुत्साहित गर्नेबारे सर्वोच्च अदालतको आदेश रहेको उसले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समय परिवर्तनसँगै विभिन्न किसिमका प्रथा, परम्परा र अभ्यासको स्वरुप समयानुकूल परिमार्जन हुनुपर्ने आवश्यकताबोध भइरहेको छ । यससम्बन्धमा गढीमाई मेलामा दिइने पशुबलिलाई समेत निरुत्साहित गर्ने–गराउने सम्मानित सर्वोच्च अदालतबाट आदेश भएको यहाँहरुलाई विदितै छ ।’

धार्मिक तथा सांस्कृतिक मेला, पर्व र उत्सवहरु गौरवशाली धरोहर रहेको भन्दै मानवीय मूल्य, मर्यादा र गरिमाअनुरुप सात्विक ढंगले मनाउन मन्त्री यादवले आग्रह गरेका छन् ।

corrent noodles
Metro Mart

यता राष्ट्रिय जनता पार्टीका नेता एवं पूर्वसभासद डा.विजयकुमार सिंह कानुन बनाउँदैमा तत्काल बलि प्रथा रोक्न नसकिने बताउँछन् । धर्म संस्कृतिसँग जोडिएको विषय रहेकोले उपयुक्त वातावरण निर्माण नगरेसम्म बलि प्रथा रोक्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

पशु कल्याणसम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन विषयमा जनकपुरमा ‘एफएडब्लुएल’ नामक संस्थाले आयोजना गरेको अन्तरक्रियामा डा. सिंहले पशु कल्याणबारे नेपाली समाज अझै संवेदनशील हुन नसकेको जिकिर गरे ।

प्रदेश–२ का राजपा प्रमुख सचेतक परमेश्वर साहले विगतमा बाध्यता रहे पनि अहिले बलि प्रथा ‘फेसन’ भइसकेको टिप्पणी गरे । बलि प्रथा निरुत्साहित गर्नुबारे सर्वोच्चको फैसला कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले प्रदेशमन्त्रीको निर्देशन स्थानीय तहले मान्ने अवस्था नरहेको बताए ।

प्रदेशसभा सदस्य एवं समाजवादी पार्टीका संसदीय दलका उपनेता रामआशिष यादवले बलि प्रथालाई व्यवस्थित नगरे भयावह स्थिति आउन सक्ने जिकिर गरे । बलिप्रथा रोक्न सबैले आफैबाट सुरुवात गर्नुपर्ने उनको सुझाव थियो ।

अन्तरक्रियामा अधिवक्ता पंकज कर्णले बलिप्रथा निरुत्साहित गर्न सर्वोच्चको फैसला रहे पनि सरोकारवाला निकायले चासो नदिँदा कार्यान्वयन हुन नसकेको बताए । पशु कल्याणसँग जोडिएको विषय रहेकोले यसविरुद्ध सरोकारवालाका साथै सर्वसाधारणले पनि मनन् गर्नुपर्ने उनको भनाइ थियो ।

हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेलामा हजारौंको संख्यामा राँगा, बोका, कुखुरालगायतका पशुपंक्षीको बलि दिइने गरिन्छ । यस वर्ष प्रदेश सरकारले मंगलबार प्रदेश २ मा सार्वजनिक विदासमेत दिएको थियो ।

प्रकाशित: Dec 04, 2019| 11:08 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।