बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनामा एक महिनामै ५० भन्दा बढीकाे मृत्यु, मुख्य कारण ओभरलोड

दुर्घटनामा एक महिनामै ५० भन्दा बढीकाे मृत्यु, मुख्य कारण ओभरलोड

दुर्घटना भएका तीनवटै सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढेको तथ्यांक छ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं– पछिल्लो एक महिनामा मात्र तीनवटा ठूला सडक दुर्घटनामा ५० भन्दा बढीले ज्यान गुमाए। करिब त्यति नै संख्यामा घाइते भए।

triton college

कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भयो।

१२ मंसिरमा अर्घाखाँचीमा भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाए।

१८ मंसिरमा बागलुङको बडिगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भयो। एकजना बेपत्ता छन्।

दुर्घटना भएका तीनवटै सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढेको तथ्यांक छ। सुकुटेमा दुर्घटना भएको बसको क्षमता ४० जना हो। तर, उक्त बसमा ७० जना चढेको देखिएको छ।

corrent noodles
Metro Mart

दोलखाको मागापौवाबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनास्थल पुगुन्जेलसम्म तीनवटा सुरक्षा चेकपोस्ट छन् । क्षमताभन्दा झन्डै दोब्बर यात्रु खाँदिएको बसलाई प्रहरीले चेक गरेर क्षमताअनुसार मात्र यात्रु राख्न दिएको भए बस दुर्घटनामा पर्ने थिएन। बस दुर्घटनास्थल आइपुग्नु ठीक अगाडि खाडीचौरको जिल्ला ट्राफिक र सशस्त्र प्रहरी बलको अस्थायी चेकपोस्ट पार गर्नुपर्छ । बलेफी आएपछि प्रहरी चौकी छ । तर, तीनवटै सुरक्षा पोस्टमा बसका यात्रुको संख्याबारे चासो नदिएको देखियो । तीनवटा सुरक्षा चेकपोस्ट पार गरेर आएको बस सुकुटेमा दुर्घटनामा पर्यो।

यही मंगलबार गुल्मीको इस्माबाट बागलुङका लागि छुटेको जिपमा २५ जना सवार थिए, जबकी जिपको अत्यधिक क्षमता १८ जना हो। रिजर्भ गरिएको जिपभित्र अटाइ–नअटाइ र छतमा समेत यात्रु चढेका थिए।

छतमा यात्रु देखेपछि ग्वालीचौर प्रहरी चौकीले गाडी समात्यो। क्षमताभन्दा बढी मान्छे हालेको भन्दै प्रहरीले केही मान्छे झार्योग पनि। झारेका मान्छेलाई गन्तव्यसम्म पुर्याछउनका लागि ग्वालीचौर प्रहरी इञ्चार्ज लालमणि भट्टराईले नै अर्को गाडी खोजिदिए।

‘बच्चासहितका आमा पनि रहेछन् जिपमा। बच्चा काखमा राखेर लैजान्छौं भन्दै थिए तर मैले आठ जनालाई ओरालेर १८ जनालाई मात्र जिपमा पठाएको हुँ। अन्यजनालाई अर्को गाडी खोजेर पठाइदिएको थिएँ। भिमगिठे नजिकै दुर्घटना भएको खबर सुन्दा छाँगाबाट खसेजस्तै भएँ,’ उनले भने।

अघिअघि रिजर्भ गरिएको जिप र पछिपछि प्रहरीले खोजिदिएको भ्यान थियो। भ्यानका चालक तेजबहादुर घर्तीका अनुसार हेर्दाहेर्दै जिप सडकमा रहेको पिलरमा ठोक्कियो र खोलामा खस्यो। ‘गाडी छेउ–कुना गर्दै ढलपलिएर पिल्लरमा ठोक्कियो र एकैछिनमा खोलामा खसेको ठूलो आवाज आयो,’ चालक घर्तीले सुनाए।

अर्घाखाँचीमा दुर्घटना भएको बसमा ३१ जना चढेको रेकर्ड प्रहरीसँग भए पनि बीचमा कति चढे भन्ने तथ्यांक नै छैन। छुटेको स्थानदेखि गन्तव्यसम्म पुग्दा बीचमा धेरै यात्रु चढ्ने भएकाले धेरैजसो अवस्थामा आधिकारिक तथ्यांक नै प्रहरीसँग नहुने गरेको छ।

पछिल्ला तीन ठूला दुर्घटनाको प्रकृति हेर्ने हो भने ओभरलोड नै दुर्घटनाको कारक देखिन्छ। यसका साथै चालकको लापरबाही, सडकको जीर्ण अवस्था, सवारीसाधन कन्डिसनमा नरहनु, तीव्र गति, दक्ष चालकको अभाव पनि दुर्घटनाको कारकको रुपमा रहेको प्रहरी बताउँछ ।

नेपाल प्रहरीका डीआईजी दीपक थापा सडक दुर्घटनाका धेरै कारण भएको बताउँछन्। सडक र गाडीको जीर्ण अवस्था नै मुख्य कारक देखिन्छन्। ‘चालकमा अटेर गर्ने प्रवृत्ति देखिन्छ। प्रहरीको आँखा छलेर क्षमताभन्दा बढी यात्रु चढाउँछन्। चेकिङमा ओराले पनि एकछिनमा चढाइहाल्छन्,’ थापाले भने।

सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको नियमित जाँच गर्नुपर्ने, लामो दूरीमा एकभन्दा बढी चालक अनिवार्य गर्नुपर्ने, राजमार्गका ठाउँ–ठाउँमा भेइकल फिटनेस सेन्टर खोल्नुपर्ने, क्षमताभन्दा बढी यात्रु बोक्न कडाइ गर्नुपर्ने, सडकको प्राविधिक परीक्षण नगरी सवारीसाधन सञ्चालनको अनुमति दिन नहुने, सबै प्रकारका सवारीको आयु निश्चित गरेर आयु सकिएपछि नष्ट गरिनुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका छन्।

प्रकाशित: Dec 04, 2019| 07:46 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।