काठमाडौं। जनता बैंक र ग्लोबल आइएमई बैंकले ३० घण्टाका लागि आफ्नो सम्पूर्ण सेवा बन्द गरेका छन् । दुई बैंक गाभिएर शुक्रबारदेखि एकीकृत कारोबार गर्दैछन् । सोही कारण दुवै बैंकले आफ्नो अवरुद्ध हुने सूचना जारी गरेका हुन् ।
बुधबार साँझ ६ बजेदेखि शुक्रबार बिहानसम्म सबै सेवा बन्द हुने बैंकले जनाएका छन् । शुक्रबारदेखि एकीकृत कारोबार सुरु हुनेछ ।