काठमाडौं- एसियन गेम्सकी कास्य पदक विजेतालाई पराजित गर्दै नेपालकी अनुपमा मगरले करातेको ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी छिन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पाकिस्तानकी नर्गिसलाई ६-३ अंकले पराजित गर्दै उनले स्वर्ण जितेकी हुन् । सुरुमै पाकिस्तानी खेलाडीले अग्रता बनााएपनि अनुपमाले उत्कृष्ट पुनरागमन गर्दै जितेकी हुन्।
यसअघि उनले श्रीलंकाका कुलाथुंगा विजेकुनलाई ७–४ अंकमा पराजित गर्दै फाइनल पुगेकी थिइन्।