काठमाडौं– अजोड इन्स्योरेन्स लि. र एनआईसी एसिया बैंक लि.बीच अनलाईन भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंक लि.का सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरे ।
सहमतिसँगै एनआईसी एसिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवासुविधा एनआईसी एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स लि.ले जनाएको छ ।