काठमाडौं- गृहमन्त्रालयले पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ।
मंगलबार मन्त्रीस्तरीय निर्णयबाट पाँच जिल्लाको सीडीओ हेरफेर गरेको छ । गृहमन्त्रालयका अनुसार पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन्।
भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका छन् भने गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओमा सरुवा भएकी छन्।
लमजुङका सीडीओ डा डिजन भट्टराई अध्यागमन विभागमा र अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन्।