शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कुलपूजा गर्न जाँदा जिप दुर्घटना, एकै खलकका १४ को मृत्यु

कुलपूजा गर्न जाँदा जिप दुर्घटना, एकै खलकका १४ को मृत्यु

बाग्लुङको बडिगाड गाउँपालिका–७ मा जिप दुर्घटनामा एकै खलकका १४ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– बाग्लुङको बडिगाड गाउँपालिका-७ मा केही बेरअघि जिप दुर्घटना हुँदा एकै खलकका १४ जनाको मृत्यु भएको छ।

triton college

गुल्मीकाे इस्मा गाउँपालिकाबाट बाग्लुङकाे निसीखोलातर्फ जाँदै गरेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड खोलामा खस्दा कार्की खलकका १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। 

मृतकको सनाखत हुन नसकेको उनले बताए। जिपमा चढेका सबै कुलपूजा गर्न  निसीखाेलातर्फ जाँदै थिए।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर छ। उनीहरुको स्थानीय स्वास्थ्य स‌स्थामा उपचार हुन नसकेपछि अन्यत्र पठाउन हेलिकप्टर मगाइएको वडाध्यक्ष कृष्ण गुरुङले बताए। 

जिपमा १८ सवार थिए। दुर्घटनाकाे कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 03, 2019| 05:33 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।