शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपाललाई एकै दिनमा १५ स्वर्ण, खेलकुदको बजेटमा मन्त्रीहरुलाई दौरा सुरुवाल

नेपाललाई एकै दिनमा १५ स्वर्ण, खेलकुदको बजेटमा मन्त्रीहरुलाई दौरा सुरुवाल

सागको औपचारिक उद्घाटन भएको भोलिपल्ट हिजो(सोमबार) एकै दिनमा नेपालले १५ स्वर्ण पदक हात पारेको छ । तर मन्त्रीहरुले..
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले नेपालमा जारी १३ औं साग नेपालले दमदार सुरुवात गरेको विषयलाई मुख्य समाचार बनाएका छन् ।

triton college

सागको औपचारिक उद्घाटन भएको भोलिपल्ट हिजो(सोमबार) एकै दिनमा नेपालले १५ स्वर्ण पदक हात पारेको छ । योसँगै ३ रजत र ६ कांस्य गरेर नेपालले अहिलेसम्म २४ पदक जित्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।

भारत ३ स्वर्णसहित १४ पदकका साथ तालिकाको दोस्रो स्थानमा छ भने श्रींलका ३ स्वर्णसहित २४ पदकका साथ तेस्रो स्थानमा छ ।

पाकिस्तान २ स्वर्णसहित १३ पदकका साथ चौथो स्थानमा छ । बंगलादेश २ स्वर्णसहित १८ पदकका साथ पाचौं स्थानमा छ । भुटानले अहिलेसम्म एउटा कास्य पदक जितेको छ भने माल्दिभ्सले खाता नै खोल्न सकेको छैन् ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै नागरिक दैनिकले नेपालको दमदार सुरुवात शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले नेपाललाई १५ स्वर्ण शीर्षकमा खबर छापेको छ ।

corrent noodles
Metro Mart

कान्तिपुर दैनिकले नेपाललाई १५ स्वर्ण जिताउने क्रममा कतारेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २/२ स्वर्ण जितेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले दुई/दुई स्वर्णको कथा शीर्षकमा खबर लेखेको छ।

नयाँ पत्रिका दैनिकले भने सागको बजेटमा मन्त्रीहरुले दौरा सुरुवाल सिलाएको विषयलाई मुख्य समाचार बनाएको छ ।

उसले समाचारमा लेखेको छ- मन्त्रीसहित ४० जना उच्च पदाधिकारीलाई दौरा–सुरुवाल–कोट र टोपी मात्र होइन, छालाको कालो जुत्ता र मोजा पनि निःशुल्क दिइएको छ । तर, नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो ।

खेलकुदको बजेटमा मन्त्रीहरूलाई दौरा–सुरुवाल

मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे ।

तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुरुवालमा प्रकट भए, यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका थिए ।

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार गृहमन्त्रीलाई मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन् ।

सागका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन् ।तर, दुर्भाग्य ! नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो । खेलकुदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दौरा–सुरुवाल अस्वीकार गरेका छन् ।

उनले सागको नाममा भएको खर्च विवरण हेरेर अनियमिततालाई अस्वीकार गर्न अर्थका अधिकारीहरूसँग संक्षिप्त अनौपचारिक छलफल पनि गरेका छन् ।

आयोजना र व्यवस्थापनका लागि सरकारले पौने चार अर्ब रकम विनियोजन गरेको छ ।

यो रकमबाट नेपालसहित दक्षिण एसियाका सात राष्ट्रका खेलाडी, प्रशिक्षक, प्राविधिक र प्रतिनिधि गरी झन्डै ६ हजार सहभागीको नेपाल बसाइ व्यवस्थापन हुनेछ ।

यही रकमबाट नेपाली खेलाडीको तयारी पनि गर्नुपर्नेछ । तर, आर्थिक रूपले पनि आफ्नो पोसाक आफैँ व्यवस्था गर्न सक्ने विशिष्ट व्यक्तिहरूले खेलकुदका लागि आएको रकमबाट एक–एक जोर कपडा जोडेका छन् ।

साग प्रतियोगिता आयोजनाका लागि मन्त्रिपरिषद्ले नै प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति गठन गरेको थियो । यी मन्त्रीहरू समितिका सदस्य छन् ।

समितिमा प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, मुख्यसचिव लोकदर्शन रेग्मी पनि छन् । उनीहरूका लागि पनि एक–एक जोर कपडा व्यवस्था भएको छ ।

यस्तै, आयोजक समितिका अध्यक्ष खेलकुदमन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुख, पोखरा महानगरपालिकाका प्रमुख, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, युवा खेलकुद मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाली सेनाका रथीले पनि सागकै खर्चमा दौरा–सुरुवाल सिलाएका छन् ।

प्रकाशित: Dec 03, 2019| 01:12 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।