बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • उर्जामन्त्री पुनको चेतावनी- सम्झौताअनुसार काम नभए जिम्मेवारीबाट हटाइन्छ

उर्जामन्त्री पुनको चेतावनी- सम्झौताअनुसार काम नभए जिम्मेवारीबाट हटाइन्छ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौता अनुसार काम नगरे आयोजना जिम्मेबारीबाट हटाउने चेतावनी दिएका छन्।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौता अनुसार काम नगरे आयोजना जिम्मेबारीबाट हटाउने चेतावनी दिएका छन्।

triton college

सोमबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक तथा ०७६/७७ को प्रथम चौमासिक प्रगति समीक्षामा बोल्दै मन्त्री पुनले आफूसँग गरिएको कार्यसम्पादन सम्झौताअनुसार काम गर्न निर्देशन दिँदै सम्झौता अनुरुपको काम नभए जिम्मेवारीबाट हटाउने चेतावनी दिएका हुन्।

मन्त्री पुनले आफूले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेकोले प्रधानमन्त्रीलाई रिपोटिङ गर्नुपर्ने भएकोले त्यहीअनुसार काम गर्ने र आफू मातहतका निकायले पनि सोही अनुसार काम गर्नुपर्ने बताएका हुन्।

‘सम्झौता अनुसारको काम भयो कि भएन भनेर आफ्नो मुल्यांकन गर्नुहोस् कार्यसम्पादन अनुसार काम गर्न नसकेको खण्डमा आफ्नो जिम्मेवारी बारे पनि सोच्नुहोस्’ मन्त्री पुनले चेतावनी दिँदै भने।

मन्त्री पुनले बजेटमा उल्लेख भएअनुसारको काम नभएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्न कर्मचारीहरुलाई चेतावनी दिए।

corrent noodles
Metro Mart

राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भीर भएर काम गर्न निर्देशन दिँदै उनले अन्य मन्त्रालय र अरु निकायलाई दोष देखाएर आफू पन्छिने काम भइरहेको छ, नेतृत्वले समस्याको समाधान आफैले गर्नुपर्छ भने।

समीक्षा बैठकमा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र जल तथा मौसम विज्ञान विभागलगायतका सरकारी कम्पनीका प्रमुखहरूले समेत आफूले गरेका काम प्रस्तुत गरेका थिए।

प्रकाशित: Dec 02, 2019| 11:30 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्