बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ऊर्जामन्त्री र मुख्यमन्त्रीलाई तर्साउन कालिकोटमा बम विस्फोट

ऊर्जामन्त्री र मुख्यमन्त्रीलाई तर्साउन कालिकोटमा बम विस्फोट

ऊर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन कालिकोटमा बम विस्फोट गराइएको छ।
 |  सोमबार, मंसिर १६, २०७६

देव राना

देव राना

सोमबार, मंसिर १६, २०७६

सुर्खेत- ऊर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन कालिकोटमा बम विस्फोट गराइएको छ।

triton college

प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ का कार्यकर्ताहरुले दुई ठाउँमा बम विस्फोट गराएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाले पुष्टि गरे।

उनका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ को लुईयाँटा र पचालझरणा गाउँपालिका–१ सिकुको जंगलमा बम विस्फोट गराएका थिए। यद्यपि बम विस्फोटबाट मानवीय क्षति भएको छैन। कार्यक्रमस्थल भन्दा धेरै टाढा बम विस्फोट गराएका थियो।

पहिलो बम मन्त्रीहरु सवार हेलिकोप्टर ल्याण्डिङ हुनै लाग्दा र दोस्रो बम उर्जामन्त्री पुनले कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा बिष्फोट गराएको कार्यक्रमस्थलमा रहेका पत्रकार पुष्पराज भट्टराईले जानकारी दिए।

मन्त्री पुन, मुख्यमन्त्री शाही र नेकपाको जम्बो टोली कालिकोटको रास्कोट नगरपालिका –६ शान्तिघाटमा निर्माणाधीन फुकोड कर्णाली हाइड्रोको अनुगमनका गएका थिए।

corrent noodles
Metro Mart

बम बिस्फोट लगत्तै विप्लव कालीकोट सेक्रेटरी मनिलाल ऐडीले मन्त्रीहरुलाई तर्साउन बम विस्फोट गराएको कालिकोटका सञ्चारकर्मीलाई जानकारी दिएका थिए।

प्रकाशित: Dec 02, 2019| 10:17 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।