काठमाडौं- तेक्वान्दोकी आयशा शाक्यले पुम्सेमा स्वर्ण पदक जितेकी छन्।
१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सोमबार दिउँसो भएको खेलमा शाक्यले ३० वर्षमाथिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्।
उनले भारतकी खेलाडीलाई पराजित गरेकी छन्।
त्यस्तै पुम्सेको कास्य पदक श्रीलंकाले जितेको छ।
सोमबार मात्रै नेपालले ९ वटा स्वर्ण पदक जितिसकेको छ।