बिहीबार, वैशाख १३, २०८१

बडी बिल्डिङ रेफ्रीदेखि मेयरसम्म

पञ्चायतका चुनाव पनि जनपक्षीय उम्मेदवारले जितेको इतिहास छ। यसपटकको स्थानीय तह उपनिर्वाचनले धरानको लालकिल्ला भत्कायो।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

इटहरी- धरानमा २०४८ पछिका स्थानीय चुनावमा कम्युनिस्ट पार्टीले मात्रै जित्दै आएको थियो। २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङबो र २०७४ मा तारा सुब्बाले मेयर पदमा चुनाव जितेका थिए।

triton college

पञ्चायतका चुनाव पनि जनपक्षीय उम्मेदवारले जितेको इतिहास छ। यसपटकको स्थानीय तह उपनिर्वाचनले धरानको लालकिल्ला भत्कायो।

भत्काउने पहिलो नेता बने नेपाली काङ्ग्रेसका तिलक राई। को हुन् तिलक राई ? जसले धरानको चुनावी गणित उल्टाइदिए। 

वडा सदस्य र मेयरको चुनावी हारसँगै चुनावमा इन्ट्री : तिलक राईले ०५४ सालमा वडा नम्बर १८ मा सदस्य पदमा चुनाव हारेका थिए।

२०७४ असार १४ मा मेयरमा उठेका राई ४ हजार ८७३ मतले तत्कालीन नेकपा एमालेका तारा सुब्बासँग पराजित भए।

corrent noodles
Metro Mart

तरुण दलदेखि राजनीतिमा : २०३१ कात्तिक २ मा जन्मेका तिलकको राजनीति यात्रा तरुण दलबाट २०४७ देखि भएको हो। उनी २०५७ मा धरानको तरुण दल अध्यक्ष भए।

त्यसको ५ वर्षपछि नेपाली काङ्ग्रेस धरानको नगर सचिव बने। २०७२ मा त उनी नगर सभापति भए।

सार्वजनिक यातायातका उद्यमी : तिलक राईले धरानको डिपो स्कुलबाट एसएलसी दिएका हुन्। उनले धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा आइकम पढे।

राईको व्यवसाय भने सार्वजनिक यातायात हो। उनी प्रदेश १ को स्थापित सप्तकोसी यातायात व्यवसायी संघको अध्यक्षसमेत बनेका थिए।

जातीय संस्थाका अध्यक्ष र गल्फका सौखिन : तिलक नेपाली काङ्ग्रेससँगै आफ्नो जातीय संस्था किरात राई यायोख्यामा समेत सक्रिय थिए।

उनी यायोख्याको केन्द्रीय अध्यक्षसमेत बने। गल्फमा सौखिन राई नेपाल गल्फ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष बनेका थिए।

भूपू बेलायती सैनिक पुत्र : तिलक राईका पिता मित्रकुमार राई बेलायती गोर्खाका भूतपूर्व सैनिक हुन्। लाहुरेको सहर भनिने धरानमा लाहुरेका छोरा भएर राजनीतिमा आउने थोरैमा पर्छन् राई। 

उद्योग वाणिज्य संघका नेतादेखि रेफ्रीसम्म : तिलक राई व्यापारिक नेता पनि हुन्। उनी सुनसरी उद्योग वणिज्य संघ धरानको कार्यकारी सचिवसम्म भएका छन्। यस्तै उनी बडी बिल्डिङ अर्थात् शीरीरिक सुगठनका रेफ्री हुन्।

रेडक्रस सचिवदेखि सर्दु जलाधारका अभियन्तासम्म : तिलक राई परोपकारी संस्था रेडक्रसमा पनि आबद्ध थिए। उनी नेपाल रेडक्रस सोसाइटी सुनसरीको सचिवसमेत बने।

यस्तै, धरानको चर्चित सर्दु जलाधार क्षेत्रमा भूमाफियाबाट प्लटिङ हुँदा धरानका थुप्रै नेता मौन बस्दा तिलकले भने निरन्तर खबरदारी गरेका थिए।

प्रकाशित: Dec 02, 2019| 05:45 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।