सुनसरी- आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ।
सोमबार बिहान सुनसरी प्रहरीका डिएसपी विनोद शर्माको टोलीले गिरीलाई अस्पतालबाटै पक्राउ गरेको हो। बिहान करिब ५ बजेतीर उनी उपचाररत विराट नर्सिङहोमबाट पक्राउ गरिएको डिएसपी शर्माले बताए।
सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अहिले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। अस्पतालबाट सीधै अदालत लैजाने प्रहरीको तयारी छ।