दाङ- प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचन अन्तर्गत दाङ क्षेत्रनम्बर ३ को ख मा नेकपाका उम्मेदवार बिमलाकुमारी खत्री विजयी भएकी छन्।
कांग्रेस उम्मेदवार केशवराज शर्मालाई ५ हजार १ सय ४ मतले पराजित गर्दे बिमला विजयी भएकी हुन् ।
नेकपाकी उम्मेदवार विमलाले २४ हजार २८६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शर्माले १९ हजार १८२ मत पाएका छन्।
यसैगरी साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६ मत प्राप्त गर्दा राप्रपाका भूपाल रावतले २२५ र समाजवादीका डिल्लीबहादुर डाँगीले १५४ मत पाएका छन्। दाङ ३ ख मा ६८ हजार ७ सय १९ मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो। ७ सय ९७ मत बदर भएको छ।
यो क्षेत्रमा ०७४ सालको चुनावमा तत्कालिन एमालेका उत्तरकुमार ओली २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए। त्यतिबेला कांग्रेसले १७ हजार ५३५ मत ल्याएको थियो। ओलीको मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।