भैरहवा- पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी धार्मिक भ्रमणका लागि भैरहवा आएका छन्।
भैरहवा विमानस्थलमा पूर्वराजा शाहका समर्थकहरुको उनको स्वागत गर्दै ‘राजा आउ, देश बचाउ’ जस्ता नाराहरु समर्थकले लगाएका थिए।
भैरहवा विमानस्थलमा पञ्चकन्याले पूर्वराजा शाहको स्वागत गरेका थिए।
भोलि सोमबारबाट सुरु हुने भ्रमण अर्को शनिबार सकिनेछ।
पूर्वी मधेशको भ्रमणपछि पूर्व राजा ज्ञानेन्द्र अहिले पश्चिम मधेश भ्रमणमा निस्किएका हुन् ।
करिब एक दशक पहिले पूर्वराजा शाह भैरहवा आएका थिए।