काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा पाकिस्तान फाइनलमा प्रवेश गरेको छ।
बंगलादेशलाई सोझो सेट ३ अन्तरले पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो। उपाधिका लागि पाकिस्तान र भारत भिड्ने भएका छन्। पाकिस्तानले सुरुको सेट २५–१५, दोस्रो सेट २५–२१ र तेस्रो सेट २६–२४ ले हित हासिल गरेको छ।
सुरुको सेटमा राम्रो प्रदर्शन गर्न नसकेको बंगलादेशले दोस्रो सेटमा केही राम्रो प्रदर्शन गरे पनि जित हासिल गर्न सकेन। अन्तिम सेट २६–२४ खेल्दै निकै प्रतिस्पर्धात्मक बने पनि पाकिस्तानले जितलाई निरन्तरता दिँदै फाइनलको यात्रा तय गरेको छ।