शुक्रबार, वैशाख ७, २०८१

विवाहपञ्चमीमा तिर्थालुलाई निःशुल्क भोजन

 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

जनकपुरधाम। रामजानकी विवाहोत्सवको अवसरमा जनकपुर पुगेका तिर्थालुहरुका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ। रामजानकी विवाहोत्सवका अवसरमा मेला भर्न आएका तिर्थालुहरुका लागि विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठानहरुले निःशुल्क भोजनको व्यवस्था गरेका हुन्।

triton college

रामजानकी विवाहोत्सवमा भारतको अयोध्याबाट जनकपुर पुगेका जन्तीका लागि मारवाडी सेवा समितिले निःशुल्क भोजन र वासको व्यवस्था गरेको छ। मारवाडी सेवा समितिले आफ्नो समिति भवनमा जन्तीहरुका लागि वास र भोजनको व्यवस्था गरेको हो। विवाहोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट पाँच सयभन्दा बढी साधुसन्तहरु जन्तीको रुपमा आएका छन्।

यसैगरी तिर्थालुहरुका लागि जनकपुरको जानकी चोक, शिव चोक, रामानन्द चोक लगायतका स्थानमा संघसंस्थाहरुले निःशुल्क भोजनको व्यवस्था गरेका छन्। जनकपुरस्थित महावीर युवा कमिटी, तेली सेवा समिति, साह ग्लास हाउसलगायतले निःशुल्क भोजनको व्यवस्था गरेका हुन्।

यसैगरी विभिन्न युवा क्लबहरुले मेला भर्न आएका तिर्थालुहरुका लागि निःशुल्क खाजा, पानी, चिया, प्राथमिक उपचारको व्यवस्था गरेका छन्। विवाहपञ्चमीमा लाखौंको संख्यामा तिर्थालुहरु जनकपुर पुगेका छन्।

डेढ दर्जन पाकेटमार पक्राउ, अधिकांश महिला

corrent noodles
Metro Mart

विवाहपञ्चमीमा भीडभाडको मौका छोपेर पाकेटमारी गर्ने डेढ दर्जनभन्दा बढी व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई जनकपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अधिकांश महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ पर्नेहरुमा अधिकांश भारतीय रहेको बताइएको छ। पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रकाशित: Dec 01, 2019| 07:47 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।