बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी, को कहाँ अगाडि ?

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी, को कहाँ अगाडि ?

शनिबार भएको उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा मतगणना कार्य तीव्र गतिमा अगाडि बढाइएको छ। प्रारम्भिक मत परिणामअनुसार
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं - शनिबार भएको उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा मतगणना कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

triton college

प्रारम्भिक मत परिणामअनुसार प्रतिनिधिसभाअन्तर्गत कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् । उनी कांग्रेस उम्मेदवार खेमराज पौडेलभन्दा ४ हजार ५८३ मतले अगाडि देखिएकी छिन् ।

भट्टराईले ८ हजार २ सय ६५ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ३ हजार ६ सय ८२ पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, राप्रपाका रोम भण्डारीले १८६, समाजवादी पार्टीका धर्मराज गुरुङले १७२ मत प्राप्त गरेका छन् । अहिलेसम्म पोखरा महानगरपालिका वडा नं ३३ र २१ र को मतगणना सम्पन्न भएको छ ।

पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समिती कास्कीको हलमा मतगणना जारी छ ।

corrent noodles
Metro Mart

यस्तै प्रदेशसभाअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ को क मा कांग्रेसले अग्रता लिएको छ। दाङ र बाग्लुङको भने अहिलेसम्म प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छैन ।

भक्तपुरमा कांग्रेस उम्मेदवार कृष्ण भँडेल नेकपाका उम्मेदवार देवीप्रसाद ढकालभन्दा २४३६ मतले अगाडि देखिएका छन्।

भँडेलले १०३९५ मत पाउँदा ढकालले ७९५९ मत पाएका छन। तेस्रो स्थानमा देखिएको नेमकिपाका उम्मेदवार निरज लबजुले २२४७ मत ल्याएका छन् ।

यस्तै दाङ क्षेत्र नम्बर ३ को ख मा बिहान ८ः३० बजेपछि मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको भवनमा २ समूह बनाएर मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत रिपेन्द्र थापाले जानकारी दिए।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकि उम्मेदावार बिमलाकुमारी खत्रीले ८३१ मत पाएकी छन्। नेपाली कांग्रेसका केशव राज शर्माले २६२ मत प्राप्त गरेका छन्।

शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए।

बाग्लुङ क्षेत्र नम्बर २ को ख मा भने साढे १० बजेदेखि मतगणना सुरु हुँदै छ । मतपेटिका संकलनमा ढिलाइ भएकाले गणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत वासुदेव ढुंगानाले सर्वदलीय बैठक बसिरहेको बताए। बैठक सकिएपछि मतगणना सुरु हुने उनले बताए।

 

प्रकाशित: Dec 01, 2019| 04:09 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।