इटहरी– शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत धरान उपमहानगरपालिकामा मेयर पदको मतगणना चलिरहेको छ।
निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार १८, १९ र २० वडाको गणना सम्पन्न भएको छ। जसमा नेकपाका उम्मेदवार प्रकाश राईले २३ सय ९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका तिलक राईले २२ सय ९२ मत ल्याएका छन्।
आफ्नो पकड क्षेत्रका वडामा नेकपा १७ मतको मात्रै अग्रता भएपछि नेकपा नेता–कार्यकर्तामा चिन्ता देखिएको छ।
निर्वाचन अधिकृत उप्रेतीका अनुसार अहिले वडा नम्बर १७ को मतगणना चलिरहेको छ।
मतगणना शनिबार मध्यरातदेखि सुरु भएको हाे।