एजेन्सी- पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा अस्ट्रेलियाका डेभिड वार्नरले तेहेरो सतक प्रहार गरेका छन्। डे नाईट टेस्ट क्रिेटमा सानदार ब्याटिङ गर्दै वार्नरले आफ्नो करियरको पहिलो तेहेरो सतक प्रहार गरेका हुन्।
एडिलेडको मैदानमा वार्नले पहिलो तेहेरो सतक हानेका हुन्। यसअघि डे नाईट टेस्टमा पाकिस्तानका अजहर अलीले तेहेरो सतक प्रहार गरेका थिए।
टेस्ट क्रिकेटमा तीन वर्षअघि सन् २०१६ मा भारतका करुन नायरले इङ्ल्याण्डविरुद्धको खेलमा तेहेरो सतक बनाएका थिए।
टेस्ट क्रिकेटमा यो ३१ औं तेहेरो तेहेरो सतक हो। वार्नरले ३८९ बलमा ३०० रनका जोडेका थिए। यो इतिहासको सबैभन्दा छिटो चौथो तेहेरो सतक हो। उनले ३०० रनका लागि एउटा पनि छक्का प्रहार गरेनन्।
सबैभन्दा थोरै बलमा तेहेरो सतक हान्ने ब्याट्सम्यान भारतका विरेन्द्र सेहवाग हुन्। उनले दक्षिण अफ्रिका विरुद्धको खेलमा २७८ बलमा ३०० रन जोडेका थिए।
पाकिस्तानविरुद्धको खेलमा वार्नरले ३३५ रन बनाउँदै गर्दा अस्ट्रेलियाले तीन विकेटको क्षतिमा ५८९ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको छ।
वार्नर ४१८ बलमा ३३५ रन बनाएर नटआउट छन्। जसमा उनले ३९ चौका र १ छक्का प्रहार गरेका छन्।
अस्ट्रेलियाका लागि मार्कस लाबुशेनले १६२ रन बनाए। दुबैजनाले दोस्रो विकेटका लागि ३६१ रन जोडे। स्टीवन स्मिथ ३६ रन बनाएर आउट भए। म्याथ्यू वाड ३८ रनमा नटआउट रहे।
पाकिस्तानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।