बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र धुम्बाराही काठमाडौंस्थित ह्याम्स हस्पिटलबीच नगदरहित उपचार सम्झौता भएको छ । सम्झौताअनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुविधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले खामेसम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ ।

यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्ने अपेक्षा गरिएको छ ।

सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसर सची रेग्मीले हस्ताक्षर गरे ।

प्रकाशित: Nov 30, 2019| 07:29 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्