काठमाडौं- सरकारले समाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
'आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता कायम गर्ने निर्णय भएको छ,' बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
बैठकले माओवादी सेनाका घाइते, अगंभंगभएका लडाकु, र सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांग भएकाहरूका साथै दोस्रो जनआन्दोलन र मधेश आन्दोलनका घाइते लागि पुनर्स्थापना एवं हेरचाहका लागि बनाइएको निर्देशिका संशोधन गर्ने निर्णयसमेत गरेको छ।
यस्तै स्विस सरकारबाट प्राप्त हुने दिगो तथा सम्मानित रोजगारीका लागि १ अर्ब ९३ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरिएको उनले बताए।