शुक्रबार, वैशाख ७, २०८१

कास्कीमा मतदाताको उत्साह

प्रतिनिधिसभा सदस्य पदका लागि कास्की क्षेत्र नं २ का सबै मतादान स्थलमा आज बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

triton college
corrent noodles
Metro Mart

कास्की - प्रतिनिधिसभा सदस्य पदका लागि कास्की क्षेत्र नं २ का सबै मतादान स्थलमा आज बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए।

प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन्। बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन्। मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ।

कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा पर्छ। यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन्। यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो। यसक्षेत्रमा नेकपाका तर्फबाट उम्मेदवार बनेकी अधिकारी पत्नी विद्या भट्टराई र नेपाली कांग्रेसका खेमराज पौडेलबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ।

प्रकाशित: Nov 30, 2019| 02:45 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।