शनिबार, वैशाख ८, २०८१

६ वर्षमा ५.६७ क्विन्टल सुन बरामद

राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विभिन्न विषयलाई प्रमुख पृष्ठमा स्थान दिएका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विभिन्न विषयलाई प्रमुख पृष्ठमा स्थान दिएका छन्।

triton college

कान्तिपुर दैनिकले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को रिहर्सलका दुई तस्बिसहितको समाचार प्रकाशित गरेको छ। यस्तै, सोही दैनिकले मुख्य पृष्ठमै ‘६ वर्षमा ५.६७ क्विन्टल सुन बरामद’ शीर्षकको समाचार छापेको छ।

अन्नपूर्ण पोस्ट दैनिकले जाजरकोटको भीरमा लडेर ज्यान गुमाउनेको कथालाई मुख्य समाचार बनाएको छ। अन्नपूर्णले उक्त समाचारलाई ‘मान्छे खाने भीर’ शीर्षक दिएको छ। समाचार अनुसार तीन वर्षमा उक्त भीरबाट लडेर ८० जनाले ज्यान गुमाएका छन्।

यस्तै, अन्नपूर्णले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी समाचारलाई पहिलो पृष्ठमै स्थान दिएको छ। अन्नपूर्णले उक्त समाचारलाई ‘रोगै छल्ने आत्मविश्वास’ शीर्षक दिएको छ।

नागरिक दैनिकले साग खेलाडी खेल छाडेर कतार गएको विषयलाई मुख्य समाचार बनाएको छ। नागरिकले उक्त समाचारलाई ‘स्वर्ण दाबेदार तुलसा साग छाडेर कतारतिर’ शीर्षक दिएको छ।

corrent noodles
Metro Mart

यस्तै, सोही दैनिकले ‘माफियाको कब्जामा ५०० बिघा सरकारी जग्गा’ शीर्षकको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ।

नयाँ पत्रिका दैनिकले भने ‘सहमति कलेजको हितमा, विद्यार्थी सडकमा’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

यस्तै, आज प्रकाशित सबै पत्रिकाले आज हुने उपनिर्वाचनसम्बन्धी समाचारलाई पहिलो पेजमै प्रकाशित गरेका छन्।

 

प्रकाशित: Nov 30, 2019| 01:25 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।