शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • परराष्ट्र मामिला अध्ययन प्रतिस्ठानले सीमा विवादबारे विज्ञसँग छलफल गर्दै

परराष्ट्र मामिला अध्ययन प्रतिस्ठानले सीमा विवादबारे विज्ञसँग छलफल गर्दै

परराष्ट्र मन्त्रालय अन्तर्गत परराष्ट्र मामिला अध्ययन प्रतिस्ठानले दक्षिणी छिमेकी भारतसँगको सीमा विवादका विषयमा विज्ञहरुसँग छलफल गर्ने भएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं- परराष्ट्र मन्त्रालय अन्तर्गत परराष्ट्र मामिला अध्ययन प्रतिस्ठानले दक्षिणी छिमेकी भारतसँगको सीमा विवादका विषयमा विज्ञहरुसँग छलफल गर्ने भएको छ।

triton college

प्रतिस्ठानले सीमाविद्, भूगोलविद्, अन्तर्राष्ट्रिय सम्बन्धविद्, कुटनीतिज्ञ, सुरक्षाविज्ञलगायत सरोकारवालाहरुसँग छलफल गर्न लागेको हो।

केही समयअघि भारतले नेपाली भूभागलाई समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि यसबारे नेपालमा चासो बढिरहेको छ। यसका साथै सीमा विवाद तत्काल समाधान गरी नेपाली भूभाग फिर्ता ल्याउन नागरिक स्तरबाट सरकारलाई दबाब बढाइएको छ।

परराष्ट्र मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्धबारे अध्ययन गर्ने यस प्रतिष्ठानले सरकारलाई सहयोग पुग्नेगरी सीमा विवादमा समाधान खोज्न विज्ञहरुसँग केही दिनमा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्न लागेको हो।

भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रलाई समेटिएपछि नेपालमा व्यापक विरोध भइरहेको छ।

corrent noodles
Metro Mart

प्रतिष्ठानका एक उच्च अधिकारीका अनुसार सीमा विवादबारे विज्ञहरुसँग छलफल गर्ने र आवश्यक परेको खण्डमा सीमा रेखा अध्ययन नै थाल्नेगरी छलफल चलाउन थालेको हो।

भारतले सीमा मिचेर नयाँ नक्सा जारी गरेपछि सीमाविदहरु, पूर्वप्रशासकहरु, तत्कालीन जनगणनाका गणकहरु, अधिकारकर्मीहरु, स्थानीय बासिन्दालगायतले नेपाली भूभाग सबै समेटिने गरी नयाँ नक्सा नै सार्वजनिक गरेका छन्।

नयाँ नक्सा सार्वजनिक गर्दै उनीहरुले यसबारे सरकारले स्पष्ट अवधारणा सार्वजनिक गर्न र ठोस रणनितिक कदम चाल्नुपर्ने भन्दै दबाब दिँदै आएका छन्।

प्रकाशित: Nov 29, 2019| 13:19 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।