शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दैलेख : तीब्र गतिले लियो ३ जनाको ज्यान, घाइते चालक पक्राउ

दैलेख : तीब्र गतिले लियो ३ जनाको ज्यान, घाइते चालक पक्राउ

शुक्रबार बिहान दैलेखमा भएको गाडी दुर्घटना तीब्र गतिका कारण भएको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

देव राना

देव राना

शुक्रबार, मंसिर १३, २०७६

दैलेख- शुक्रबार बिहान दैलेखमा भएको गाडी दुर्घटना तीब्र गतिका कारण भएको प्रहरीले जनाएको छ। दैलेखको गुराँस गाउँपालिका–४ मुग्रा भन्ने ठाउँमा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने चालकसहित ९ जना घाइते भएका थिए।

triton college

दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको परिचय खुलेको र यसअघि दुर्घटना हुनासाथ फरार रहेका चालक घाइते अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माइक्रोबस चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा– १३ का २३ वर्षीया नरेश शाही घटनास्थल नजिकैबाट पक्राउ परेका हुन्।

उनको प्राथमिक उपचार गरी थप अनुसन्धान थालेको प्रहरीको भनाइ छ। तीब्र गतिमा रहेको गाडी ब्रेक फेल भएर दुर्घटना भएको चालकले प्रहरीलाई बताएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा बर्दिया सानोश्री–८ तारातालका नामबहादुर बडुवाल, उनकी धर्मपत्नी कमला बडुवाल र सुर्खेत वीरेन्द्रनगर –३ तातोपानीका ५७ को थिरे कामीको रहेको छन्।

corrent noodles
Metro Mart

बडुवाल दम्पती स्थायी घर महाबु गाउँपालिका वडा–३ वाँसीस्थायी जान हिँडेका थिए। सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरको फोर्स माइक्रो बस गुराँस गाउँपालिका–४ मुग्रा भन्ने ठाउँमा दुर्घटना भएको थियो।

घटनास्थल नजिकै जंगलमा लुकेर रहेको अवस्थामा प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए।

त्यस्तै घटनामा वीरेन्द्रनगर–८ खजुराकी मंगली गुरुङ, मुकेश गुरुङ, वीरेन्द्रनगर–३ तातापानीका मोहन परियार, झुमा परियार, चन्द्र परियार, भिम परियार, वीरेन्द्रनगर–११ सुब्बाकुनाका देवीप्रसाद भट्टराई र धुलियाविटका चन्द्रकली सिङ्गौली घाइते भएका छन्।

त्यस्तै दुल्लु नगरपालिका– १० का लक्ष्मी योगी, अभिषेक योगी, चामुण्डा विन्द्रासैनी नगरपालिका–४ का लक्ष्मी रावत र नारायण नगरपालिका–४ का दिलबहादुर कटुवाल र बाँके नौबस्ताका कर्णबहादुर बोगटी, लक्ष्मी बोगटी घाइते भएका छन्।

घाइतेको सुर्खेतस्थित प्रदेश अस्पताल, देउती अस्पताल र माया नर्सिङ होममा उपचार भइरहेको छ।

प्रकाशित: Nov 29, 2019| 12:21 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।