बिहीबार, वैशाख ६, २०८१

५३७ मतदान केन्द्र र २४७ मतदान स्थलमा मतदान हुँदै

निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि शनिबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि शनिबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

triton college

प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपनिर्वाचन हुँदै छ। प्रदेशअन्तर्गत दाङ ३ (ख), बागलुङ २ (ख) र भक्तपुर १ (ख) मा मतदान हुन लागेको छ।

यस्तै एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदै छ।

'सबै तयारी पूरा भएको छ। कर्मचारी र सुरक्षाकर्मी आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगिसकेका छन्’, निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल समयसँग भने ।

उनका अनुसार मतदानका लागि निर्वाचन अधिकृत मतपेटिकासहित ५६ प्रकारका निर्वाचन सामग्री बुझेर सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्।

corrent noodles
Metro Mart

मतदानका लागि ५३७ मतदान केन्द्र र २४७ मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन हुने ठाउँमा मतदाता परिचयपत्र वितरण कार्य भइरहेको छ।

निर्वाचनका लागि केन्द्रबाट ४ वटा संस्थाबाट ५०० पर्यवेक्षक खटिएका छन्।

भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता केदारनाथ शर्माले सम्पूर्ण सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेको र सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए।

उनले भने, ‘पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन्। निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेछ । ढुक्कसँग मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्दछौं ।’

निर्वाचनलाई सामान्य, संवेदनशील, अतिसंवेदनशील गरी तीन तहमा विभाजित गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको छ।

कास्की २ मा ८२ मतदान केन्द्र र ३२ मतदानस्थल तोएिको छ । यसका लागि ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० कर्मचारी र ३२८ स्वयमंसेवक खटिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्रराज सुवेदीले बताए।

पोखरा महानगरपालिकाका विभिन्न ११ वडाका ७१ हजार १७१ मतदाताले प्रतिनिधिसभा सदस्यका लागि भोट हाल्दै छन्।

बागलुङमा मतदान केन्द्र निर्माण सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए। बागलुङ २ (ख) मा प्रदेशसभा सदस्य र एक वडाध्यक्षका लागि मतदान हुँदै छ।

प्रदेशसभा सदस्यका लागि ४३ मतदान केन्द्र र २४ मतदान स्थल तोकिएको छ। कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान केन्द्रमा पुगिसकेको न्यौपानेले बताए।

भक्तपुरमा १ (ख) मा ५४ मतदान केन्द्र र २२ मतदान स्थल तोकिएको छ।  उक्त क्षेत्रबाट ४५००१५ मतदाता मतदानमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालयका भीमबहादुर बिसीले बताए।

दाङ ३ (ख) मा पनि तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी बुद्धिबहादुर खत्रीले जानकारी दिए। उक्त क्षेत्रमा ७७ मतदान केन्द्र र ३२ मतदान स्थल तोकिएको छ। मतदानमा ६८७१९ मतदाताले भाग लिँदै छन् ।

मतदान समय बिहान ७ देखि साँझ ५ बजेसम्म  तोकिएको छ।

निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र र स्थानीय तह:

 

 

प्रकाशित: Nov 29, 2019| 10:18 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।