शनिबार, वैशाख ८, २०८१

केशरमहलको प्रबलीकरण गर्न ६७ करोडको ठेक्का सम्झौता

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि पुनर्निर्माण प्राधिकरणले जेडसीजीआई–खानी जेभीसँग ठेक्का सम्झौता भएको छ ।
शुक्रबार प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको आयोजना निर्देशक प्याकुरेलले जानकारी दिए । प्रबलीकरणको अवधि दुई वर्षको रहेको छ ।
आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने जनकारी दिएका छन् । निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने पनि जानकारी दिए ।
परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रालि, एसडब्लु नेपाल प्रालि र पिरामिड डिजाइन एसोसिएट्स प्रालि छनौट भएका छन् ।

 

प्रकाशित: Nov 29, 2019| 09:46 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्