बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • साधना लघुवित्तको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

साधना लघुवित्तको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साधना लघु वित्त वित्तीय संस्था लिमिटेडका बीच ६ लाख ३० हजार कित्ता साधारण सेयर प्रतिकित्ता रु. १ सयको दरले हुने कुल रकम रु. ६ करोड ३० लाख निष्कासन तथा विक्री गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

triton college

सम्झौतापत्रमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले हस्ताक्षर गरेका छन् ।

गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँको डुम्रेमा रहेको आर्थिक समृृद्धि लघुवित्त वित्तीय संस्थालाई हालैमात्र एक्विजिसन गरेर घ वर्गको लघुवित्त संस्थाहरुमा मर्जर–एक्विजिसन गर्ने पहिलो लघुवित्त वित्तीय संस्था बनेको छ ।

हालैमात्र साधना लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र समेत प्रदान गरेको छ । हाल १४ करोड ७० लाख चुक्ता पुँजी रहेको साधारण सेयर निष्कासन पश्चात् जारी तथा चुक्ता पुँजी रु. २१ करोड पुग्ने छ ।

प्रकाशित: Nov 29, 2019| 05:38 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्