शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति भण्डारी जनकपुर आउँदै, सुरक्षा व्यवस्था कडा

राष्ट्रपति भण्डारी जनकपुर आउँदै, सुरक्षा व्यवस्था कडा

रामजानकी विवाहोत्सवमा सहभागी हुन राष्ट्रपति भण्डारी जनकपुर आउन लागेकी हुन्।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

जनकपुर : राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुर आउने भएकी छिन्। रामजानकी विवाहोत्सवमा सहभागी हुन राष्ट्रपति भण्डारी जनकपुर आउन लागेकी हुन्।

triton college

बिहान ११ बजे उनको हेलिकप्टर जनकपुरको मुरलीचोकस्थित संघीय प्रहरी एकाइ कार्यालयमा अवतरण गर्ने जनाइएको छ।

संघीय प्रहरी कार्यालमा अवतरण गरिसकेपछि भण्डारीको जानकी मन्दिर पुगेर पूजाअर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए।

जानकी मन्दिरमा करिब आधा घण्टा पूजाअर्चनापछि मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा सरिक हुने उनको कार्यक्रम छ।

मुख्यमन्त्री राउतले राष्ट्रपति भण्डारीको सम्मानमा आफ्नै निवासमा दिवाभोज राखेका छन्। मुख्यमन्त्रीले आयोजना गरेको दिवाभोजपछि भण्डारीको रामजानकी विवाहोत्सव कार्यक्रमअन्तर्गत रंगभूमि मैदानमा सहभागी हुने कार्यक्रम छ।

corrent noodles
Metro Mart

रंगभूमि मैदान पुगेर राष्ट्रपति भण्डारीले भारको अयोध्याबाट विवाहोत्सवमा सहभागी हुन आएका जन्तीहरुलाई औपचारिक रुपमा स्वागत गर्ने कार्यक्रम तय भएको छ। केहीबेर सांस्कृतिक कार्यक्रममा सहभागी भइसकेपछि उनी पुन:काठमाण्डौं फर्कने बताएको छ।

राष्ट्रपति भण्डारी जनकपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रपति भण्डारी पुग्ने जानकी मन्दिर, रंगभूमि मैदान, मुख्यमन्त्री आवास क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सवारी अवागमनसमेत बन्द गरिएको छ।

प्रमुख जिल्ला अधिकारी कँणेलले विवाहपञ्चमीलाई लक्षित गरी चार हजारभन्दा बढी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए।

तिलकोत्सव रामजानकी विवाहोत्सवअन्तर्गत आज तिलकोत्सव मनाइँदै छ। विवाहपूर्व गरिने छिनोफानो विधि गरि तिलकोत्सव मनाउन लागिएको हो।

तिलकोत्सवमा अयोध्याबाट आएका जन्तीसहित राममन्दिर र जानकी मन्दिरका महन्त, सुरक्षा निकायका प्रमुख, नागरिक समाज राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहने गरेको छ।

प्रकाशित: Nov 29, 2019| 04:50 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।