काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत एंव सूचना अधिकारी राजकुमार अधिकारीका अनुसार अनुसार बिहीबार राति साढे १० बजे सुनसहित पासवर्ड नम्बर इएच ६५९६६३७ नम्बरका चेन झाउवाङ र इए ५८०७५९८ नम्बरका चेन छिनहाङ पक्राउ परेका हुन्।
नेपाल एयरलायन्सको आरए ४१० नम्बरको जहाजमा हङकङबाट नेपाल आएका उनीहरूलाई विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले भन्सारको ३ नम्बर गेटबाट पक्राउ गरेकाे हाे। उनीहरू फुजियान प्रान्तका रहेको बताइएको छ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।