शुक्रबार, वैशाख ७, २०८१

एनएमबी बैंकले घर बनाउन शतप्रतिशत ऋण सुविधा दिने

तपाईसँग आफ्नै जग्गा छ ? घर बनाउदै हुनुहुन्छ वा बनाउने सोचमा हुनुहुन्छ ? अव ढुक्क हुनुहोस्। मेरोघर र एनएमबी बैंकले संयुक्त रुपमा ‘अब बन्छ हजुरको घर’ अफर बिहीबारदेखि सुरु गरेका छन्।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं- तपाईसँग आफ्नै जग्गा छ ? घर बनाउदै हुनुहुन्छ वा बनाउने सोचमा हुनुहुन्छ ? अव ढुक्क हुनुहोस्। मेरोघर र एनएमबी बैंकले संयुक्त रुपमा ‘अब बन्छ हजुरको घर’ अफर बिहीबारदेखि सुरु गरेका छन्।

triton college

यो अफर अनुसार घर बनाउन चाहने ग्राहकले शत प्रतिशतसम्म एनएमबी बैंकबाट २५ वर्षसम्मको लागि ऋण सुविधा पाउँछन् भने मेरोघर नाम संस्थाले ग्राहकले चाहेको घरको नक्सादेखि बैंकिङ ऋणका लागि चाहिने सम्पुर्ण प्रोसेसहरु गरिदिन्छ।

यो नेपालमा नै पहिलोपटक हो। सो योजना अनुसार घरको निर्माण सम्पन्न नभएसम्म ऋणको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा उपलब्ध हुनेछ। यसका लागि, मेरोघर र एनएमबी बैंकको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्ध गरेको छ।

मेरोघर नामक संस्थाले ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजता गरिदिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिन यस्तो योजना अघि सारिएको हो।

आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्नेछन्।

corrent noodles
Metro Mart

त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागि समेत यो अफर लक्षित छ। ग्राहकको जग्गा तथा आम्दानी स्रोतमा नियम र शर्तहरू भने लागू हुनेछन्।

मेरोघर १५ वर्ष भन्दा बढी अनुभव भएका यस्ता विज्ञ र दक्ष आर्किटेकहरुको समुह हो, जसले आवासीय घर तथा भवन निर्माणमा आवश्यक सल्लाह, सुझाव, परामर्शका साथै डिजाइन र निर्माणसम्मको एकीकृत सेवा प्रदान गर्छ।

प्रकाशित: Nov 28, 2019| 10:01 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्