काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर काठमाडौं उपत्यकाको चक्रपथभित्र दुई दिन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ ।
ट्राफिक व्यवस्थापन सहज बनाउन भन्दै ट्राफिक प्रहरीले साग उद्घाटन हुने दिन मंसिर १५ गते आइतबार र समापन हुने दिन मंसिर २४ गते मंगलबार जोर–बिजोर प्रणाली लागू गर्न लागेको हो ।
यसअनुसार १५ गते बिजोर र २४ गते जोर नम्बर प्लेटका सवारीसाधन मात्र चलाउन पाइनेछ । त्यस्तै ठूला मालवाहक सवारीसाधनलाई पनि चक्रपथभित्र प्रवेश नदिइने भएको छ ।