काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधारको क्रम जारी रहेको सेन्टरले जनाएको छ ।
आज (बिहीबार) बिहान १० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मंगलबारको शल्यक्रियापश्चात् ओलीलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको उल्लेख छ ।
फाइल तस्बिर