शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सप्तरङ्ग सिजन–२ मा अपाचे आरटिआर १६० २ भी रेस सार्वजनिक

सप्तरङ्ग सिजन–२ मा अपाचे आरटिआर १६० २ भी रेस सार्वजनिक

 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले नेपालमा आधिकारिक रुपमा बिक्रीवितरण गर्दै आएको अन्तर्राष्ट्रिय बजारमा अत्याधिक लोकप्रिय टु ह्वीलर मोटरसाइकल टिभिएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको सांगीतिक कार्यक्रम टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ ले सातवटै प्रदेशमा कार्यक्रम सम्पन्न गरेको छ ।

triton college

देशलाई संगीतको माध्यमबाट जोड्ने प्रयासका साथ गत कार्तिक २० गतेदेखि शुरु गरिएको यो कार्यक्रम मंसिर ४ गते सम्पन्न भएको हो ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी यस सांगीतिक कार्यक्रमको प्रमुख आकर्षण नायक राजेश हमालका साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

सोही सांगीतिक माहौलबीच युवावर्गमाझ अत्यन्त कौतुहल रहेको टिभिएस अपाचे आरटिआर १६०२ भी रेसको पनि सातवटै प्रदेशमा सार्वजनिक गरिएको थियो ।

प्रकाशित: Nov 28, 2019| 04:21 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्