शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्री ओलीको फेरि डायलासिस

प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि डायलासिस गरिएको छ। बुधबार बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगंजमा प्रधानमन्त्री ओलीको पुनः डायलासिस गरिएको हो।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि डायलासिस गरिएको छ। बुधबार बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगंजमा प्रधानमन्त्री ओलीको पुनः डायलासिस गरिएको हो।

triton college

मंगलबार प्रधानमन्त्री ओली शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

एपेन्डिक्सको शल्यक्रिया गरेर स्वास्थ्यमा सामान्य सुधार भएपछि बुधबार साँझ उनको पुनः डायलासिस गरिएको अस्पताल स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीको यसअघि धापासीस्थित ग्राण्डी अस्पतालमा तीन पटकसम्म डायलासिस गरिएको थियो।

१३ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको पछिल्लो समय लगातारजसो स्वास्थ्यमा समस्या देखिएपछि पटकपटक डायलासिस गराउनु पर्ने भएको छ।

बुधबार साँझसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

corrent noodles
Metro Mart

विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ।’ यसअघि सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा भएको उल्लेख थियो।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा गएको र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा छन्। उनी बालुवाटार फर्किनेबारे भने केही भनिएको छैन।

प्रकाशित: Nov 27, 2019| 15:03 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।